चीन र अमेरिकाका लागि नेपाली राजदूत नियुक्त, बेलायत छिट्टै



अमेरिकाका लागि राजदूत लोकदर्शन रेग्मी र चीनका लागि राजदूत कृष्णप्रसाद ओली ।
काठमाडौँ, कात्तिक २५– राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीन र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम प्रा.डा. कृष्णप्रसाद ओलीलाई चीन र लोकदर्शन रेग्मीलाई अमेरिकाका लागि राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्तिमार्फत जनाएकी छन् ।
संवैधानिक व्यवस्था अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन् ।
बेलायतका लागि राजदूत अनुमोदित चन्द्र घिमिरे पनि केही दिनमा लन्डन आउने श्रोतले उल्लेख गरेको छ । घिमिरेले बेलायत आउनुअघिको ‘ओरिएन्टेसन क्लास’ समेत लिइसकेका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले घिमिरेसहित नयां राजदूतहरुलाई २० कात्तिकमा ओरिएन्टेसन दिएको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५