कोप–२९ मा राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाउँदै नेपाल, वनमन्त्री प्रस्थान



राष्ट्रपति रामचन्द्र पौडेल
काठमाडौँ, कात्तिक २४ गते । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा भाग लिन वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी अजरबैजानको राजधानी बाकुतर्फ प्रस्थान गरेका छन् ।
सम्मेलन यही कात्तिक २६ गतेदेखि मङ्सिर ७ सम्म हुँदैछ । मन्त्री शाही नेतृत्वको प्रतिनिधिमण्डलमा वन सचिव डा. दीपककुमार खराललगायत छन् ।
सम्मेलनमा नेपालले जलवायु अनुकूलन, हानी, जलवायु वित्त, प्रविधि विकास र हस्तान्तरण क्षमता विकास अल्पविकसित राष्ट्रहरूको विषय प्रमुख रूपमा उठान गर्ने तयारी गरेको छ । यसका लागि मन्त्रालयले राष्ट्रिय स्थितिपत्र तयार गरेको छ । राष्ट्रिय स्थित पत्रमा विशेष गरी हानी पर्वतीय क्षेत्र र जलवायु वित्तका मुद्दालाई प्राथमिकतामा राखिएको छ ।
कोप–२९ सम्मेलनमा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभागिता जनाउँदैछ । राष्ट्रपतिले उद्घाटनका अवसरमा आयोजना हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा सम्बोधन गर्ने जनाइएको छ ।
यसका साथै नेपालले आफ्ना मुद्दाका बारेमा विश्वको ध्यानाकर्षण गराउन यही कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा छुट्टै उच्चस्तरीय सत्र सञ्चालन गर्दैछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५