बिहीबार, माघ १०, २०८१
18:15 | ००:००

भूतपूर्व ब्रिटिश गोर्खा समस्या समाधान गर्न आयोग गठनका लागि सरकार सकारात्मक

नेपाली लिङ्क नोभेम्बर ६, २०२४


लन्डन । परराष्ट्र मन्त्री आरजु देउवा राणाले भूतपूर्व ब्रिटिश गोर्खाहरुका समस्या समाधान गर्न बेग्लै आयोग गठन गरिने आश्वासन दिएकी छन् ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आज काठमाडौंमा आयोजना गरेको बैठकमा परराष्ट्र मन्त्री राणाले छिट्टै आयोग गठन गरि समस्या समाधानका लागि पहल गर्ने र यसबाट समस्या समाधान नभए स्वयंम आफैं लन्डन आएर बेलायत सरकारसँग समस्या समाधान गर्न वार्ता गर्ने प्रतिवद्धता जनाएकी हुन् ।

यसअघि बेलायतका लागि नेपाली राजदूतमा अनुमोदित चन्द्र कुमार घिमिरेले पनि संसदीय समितिमा भूतपूर्व गोर्खा मुद्दा निष्कर्षमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले परराष्ट्र मन्त्री राणा भूतपूर्व गोर्खाहरुका समस्याप्रति गम्भीर रहेको आफूले पाएको बताउंदै अब त्रिपक्षीय गोर्खा वार्ता पुन: सुरु गर्न दबाब बढाइएको बताए । 

उक्त छलफलमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, म्याग्दी जिल्लाबाट प्रतिनिधिसभा सदस्य खम गर्बुजा लगायत गोर्खा प्रतिनिधिहरुको उपस्थिति थियो ।

गोर्खाहरुका मागका सम्बन्धमा पछिल्लो तीन वर्षदेखि जारी त्रिपक्षीय वार्ताअन्तर्गत यसअघि प्राविधिक संयन्त्रका १३ बैठक भइसकेका छन् । 

चरणवद्द वार्ता र प्राविधिक स्तरमा गोर्खा मुद्धामा घनीभूत छलफल हुंदै आएपनि अपेक्षित उपलब्धि हासिल नहुँदा गोर्खाहरु निराश छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू