सोमबार, पुष ८, २०८१
20:15 | ०२:००

सांसद मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर

नेपाली लिङ्क नोभेम्बर ५, २०२४

पोखरा- सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद एवम् पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई दोषी ठहर गरेको हो । मनाङे मनाङ (ख) बाट दोस्रो पटक स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका थिए ।

यसअघि, उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेकोमा उच्चको फैसलाविरुद्ध सर्वोच्चमा परेको निवेदनमा सर्वोच्चले दाबी नपुग्ने ठहर गर्दै उच्चकै फैसला सदर गरेको हो ।

उच्चले उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । फैसला अनुसार मनाङेले अब तीन वर्ष जेल बस्नुपर्छ । यसअघि नै ज्यान मार्ने उद्योगको अभियोगमा उनी दुई वर्ष जेल बसिसकेका छन् ।

सर्वोच्चको फैसलापछि गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले आफूले यसबारे कानुनविद्सँग परामर्श गर्ने प्रतिक्रिया दिएका छन् । “यो अदालतको फैसलाको कुरा हो, कानुनले जे भन्छ, त्यही हुन्छ । कानुनबमोजिम के हुन्छ भन्ने कानुनविद्सँग सल्लाह, परामर्श गर्छु,” उनले भने ।

संविधानको धारा १७८ मा प्रदेशसभा सदस्य बन्न नैतिक पतन देखिने फौजदारी कसुर सजाय नपाएको हुनुपर्ने व्यवस्था छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू