मंगलबार, पुष २३, २०८१
20:40 | ०२:२५

स्पेन बाढीको चपेटामा, अहिलेसम्म १५८ को मृत्यु

रासस/एएफपी नोभेम्बर १, २०२४

तस्विर रोयटर्स

भ्यालेन्सिया, स्पेन । स्पेनमा बुधबार आएको बाढीका कारण बिहीबारसम्म कम्तीमा १५८ जनाको मृत्यु भएको स्पेनी अधिकारीले पुष्टि गरेका छन् । स्पेनले बाढीका कारण ज्यान गुमाएका व्यक्तिको सम्मानमा तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।

अधिकारीहरूले बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई घरभित्रै बस्न आग्रह गरेका छन् । भूमध्यसागरमा मंगलबारदेखि आएको असाधारण आँधीका कारण भारी वर्षा हुनुका साथै माटोले भरिएको पानीको बहाव (बाढी) ले मानिसहरूलाई बगाएको छ भने घरहरू भत्किएका छन् ।

बाढीका कारण पूर्वी भ्यालेन्सिया क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । भ्यालेन्सिया क्षेत्रमा उद्धार कार्यको समन्वय गर्ने निकायले बिहीबार दिउँसोसम्म त्यहाँ १५५ जनाको शव फेला परेको जानकारी गराएको छ ।

क्यास्टिला–ला मञ्च र अन्डालुसियाका अधिकारीहरूले बुधबारको बाढीका कारण आफ्नो क्षेत्रमा तीन जनाको मृत्यु भएको घोषणा गरेका छन् । अझै धेरै मानिस हराइरहेका र केही क्षेत्र उद्धारकर्ताको पहुँचबाहिर रहेकाले सरकारका मन्त्रीहरूले मृत्यु संख्या अझै बढ्नसक्ने बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू