शान्ति नेपाली समाजमा सर्वसम्मत नयाँ नेतृत्व, अध्यक्षमा न्यौपाने
लन्डन- मिडल्यान्डको बर्मिङहमस्थित शान्ति नेपाली समाज बेलायतमा नयाँ नेतृत्व चयन भएको छ।
विहीबार वेष्ट ब्रमिचको यु ट्री पबमा सम्पन्न संस्थाको सातौं अधिवेशनले रामप्रसाद न्यौपानेको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
नवनिर्वाचित अध्यक्ष न्यौपाने अघिल्लो कार्यसमितिका उपाध्यक्ष हुन् । त्यसअघि कार्यसमिति सदस्य रहेका उनी संस्थाको स्थापनाकालदेखि नै सक्रिय छन् ।
आगामी दुई वर्षका लागि निर्वाचित १३ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष पदम शाही र निशान्तमान बज्राचार्य, महासचिव राजेशमणि लामिछाने, सचिव लेखनाथ घिमिरे, कोषाध्यक्ष काशीराम वन र सहकोषाध्यक्ष सुशिला दवाडी छन् ।
त्यस्तै, सदस्यहरुमा बमबहादुर नेपाली, जीवलाल न्यौपाने, राजन बस्याल, शिलाल पौड्याल, हिमाल श्रेष्ठ, लक्ष्मण ढकाल, डोलराज पराजुली, पृथ्वीनारायण अर्याल, गीता लम्साल शिम्खडा, मोहन पान्डे, तेजबहादुर भण्डारी, रेवती गौतम र प्रल्हाद कंडेल निर्वाचित भएका छन् ।
निर्वाचन समिति संयोजक गोविन्द खरेलले सर्वसम्मत निर्वाचित कार्यसमितिको घोषणा गरेका थिए ।
निर्वाचन समितिका सदस्य कृष्ण सापकोटाले नयाँ कार्यसमितिका पदाधिकारीलाई शपथ खुवाएका थिए भने अर्का सदस्य किशोर लामिछानेले उक्त सत्र सञ्चालन गरेका थिए ।
संस्थाका अग्रज तथा पूर्व अध्यक्षहरुले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
त्यसअघि निवर्तमान समिति अध्यक्ष प्रविण खरालको अध्यक्षतामा सम्पन्न अधिवेशनको पहिलो सत्रमा संस्थाका आर्थिक तथा प्रगति प्रतिवेदनहरुमाथि छलफल गरी पारित गरिएको थियो ।
नवनिर्वाचित अध्यक्ष न्यौपानेले आफूलाई संस्थाको नेतृत्व गर्ने अवसर दिएकोमा आभार प्रकट गर्दै संस्थाको प्रतिष्ठा बढाउने गरी काम गर्ने अठोट व्यक्त गरेका छन् ।
त्यस्तै, निवर्तमान अध्यक्ष प्रविण खरालले आफ्नो कार्यकाललाई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । सन् २०१२ मा स्थापित समाज सामाजिक कार्य र सक्रियतामा बेलायतकै अग्रणी संस्था मानिन्छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५