अन्तर्राष्ट्रिय धादिङ समाजको प्रवक्तामा सुदीप भूषण अर्याल


लन्डन—अन्तर्राष्ट्रिय धादिङ समाजको प्रवक्तामा सुदीप भूषण अर्याल नियुक्त भएका छन् ।
ज्वालामुखी गाउँपालिका वडा नं ४, धादिङका अर्यालले विगत लामो समयदेखि फिल्याण्डलाई कर्मथलो बनाउँदै आएका छन् ।
संस्थाका अध्यक्ष राजन खकुरालले विधानको अधिकार प्रयोग गरेर प्रवक्ता नियुक्ति गरेको महासचिव बाबुकाजी भण्डारीले बताए।
खेलकुद सामाजिक तथा स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान दिदै आएका अर्याल एनआरएनए आइसीसी सदस्य, एनआरएनए फिनल्यान्डका सल्लाहकार, नेपाल हेल्सिन्की क्रिकेट क्लबका पूर्व अध्यक्ष हुन्। उनी विभिन्न संघसंस्थामा आबद्ध भई सामाजिक कार्यमा सक्रिय छन् ।
प्रवक्तामा नियुक्ति भएसँगै अर्यालले अन्तर्राष्ट्रिय धादिङ समाजको गरिमा उच्च राख्न सक्दो प्रयास गर्ने बताए ।
अर्याल प्रवक्ता नियुक्ति भएसँगै संस्था अझै बलियो हुने र आफूलगायत सम्पूर्ण कार्यसमितिलाई काम गर्न सहज हुने विश्वास समाजका अध्यक्ष राजन खकुरालले व्यक्त गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५