शनिबार, कार्तिक १०, २०८१
07:25 | १२:१०

गायक किसन राईको ‘साईंली’ सार्वजनिक (भिडियो)

नेपाली लिङ्क अक्टोबर २५, २०२४


लन्डन– किसन राईको स्वरमा रहेको गीत ‘साईंली’ सार्वजानिक भएको छ । डि. आर. अटुको शब्द तथा सङ्गीत र राजु कार्कीको एरेञ्ज, मिक्सिङ एवं माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निर्मल कुमार  लामा (बिजी) ले निर्देशन गरेको गीतको भिडियोमा नायिका एलिसा राई र गायक किसन राईको अभिनय छ । लिम्दुनी क्रियसन रेकर्डिङमा रेकर्ड गरिएको गीतको भिडियो किसन राई अफिसियल (Kisan Rai Official) बाट सार्वजनिक गरिएको हो ।


पवन सुस्लिङको छायांकन, सम्पादन र कलरिङ रहेको भिडियोमा साईंलीको चल्चलेपन, सौन्दर्यता र जीवनशैली र  युवाको साईंलीप्रतिको आकर्षणलाई विषय वस्तु बनाइएको छ ।

गायक किसन राईले २०२३ अक्टुबरमा ‘यो मन मेरो दोमन भो’ नामको गीत र भिडियो सोही च्यानलमार्फत सार्वजनिक गरेका थिए ।

भिडियो-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू