रविलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति


पोखरा । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।
अदालतका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
गत शुक्रबार काठमाडौंमा पक्राउ परेका लामिछानेलाई पोखरा लगेर आइतबार अदालतमा उपस्थित गराइएको थियो ।
पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले गत शुक्रबार चःमतिस्थित पार्टी केन्द्रीय कार्यालयबाटै पक्राउ गरी पोखरा लगेको थियो।
राजनीतिमा आउनुअघि लामिछाने प्रवन्ध निर्देशक रहेको गोर्खा मिडियाले विभिन्न सहकारीबाट ६५ करोड रुपैया गैरकानुनी रुपमा लगेको र उक्त रकम खर्च गर्न लामिछानेको हात रहेको निष्कर्ष सहकारीको वचत अपचलन सम्बन्धमा छानविन गर्न बनेको संसदीय समितिले निकालेको थियो ।
सहकारी पीडितले लामिछानेविरूद्ध गत वर्ष माघ २२ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५