तमुधिं यूके आजीवन सदस्य डिनर नाइट, आदर्श तमु अवार्ड वितरण


लन्डन- तमुधिं यूकेले वर्षेनी गर्दै आएको आजीवन सदस्य डिनर नाइट शनिबार सम्पन्न भएको छ । अल्डरसटको एम्पायर हलमा आयोजित कार्यक्रमका अवसरमा संस्थामा महत्वपूर्ण योगदान गर्नेहरुलाई आदर्श तमु अवार्डबाट सम्मान गरिएको छ ।
यस वर्ष तमुधिं यूकेको आदर्श तमु अवार्ड खुशीमान गुरुङ, क्याप्टेन प्रेमबहादुर गुरुङ, सूर्य गुरुङ र हीरा गुरुङले प्राप्त गरेका छन् । त्यस्तै, ध्रुवा गुरुङलाई आदर्श तमुस्यो अवार्डबाट सम्मान गरिएको छ ।
तमुधिं यूके अध्यक्ष हरि गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव डा विशाल गुरुङले सञ्चालन गरेका थिए भने कार्यक्रम संयोजक एवम् उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रमलाई तमुधिं यूके अध्यक्ष हरि गुरुङ, प्रमुख अतिथि लन्डन दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी, तमुधिं यूके संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ, तमु प्ये ल्हु संघ अध्यक्ष डेमबहादुर तमु, तमुधिं यूके आमा समूह अध्यक्ष सन्ध्या गुरुङ, उपाध्यक्ष एवम् कार्यक्रम संयोजक जुमकाजी गुरुङलगायतले पानसमा दीप बालेर उद्घाटन गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि उपनियोग प्रमुख दुवाडी, संस्थापक अध्यक्ष गुरुङ, एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङलगायतले शुभकमना मन्तव्य दिएका थिए ।
कार्यक्रममा नेपालबाट आएका कलाकारका साथै स्थानीय कलाकारहरुबाट गीत, नृत्यसहितका मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो । सांस्कृतिक कार्यक्रम सञ्चालन तमुधिं यूके सचिव विमल गुरुङले गरेका थिए ।
सोही अवसरमा तमुधिं यूकेले नयाँ आजीवन सदस्यको स्वागतका साथै उत्कृष्ट गुरुङ पोशाकलाई सम्मान गरेको थियो भने विभिन्न आकर्षक पुरस्कारसहित राफ ड्र पनि गराइएको थियो ।
तस्विरः मिलन तमु
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५