सोमबार, फागुन १२, २०८१
सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज


रासस
अक्टोबर १८, २०२४
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ ।
केन्द्रीय बैंकले आज एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ बमोजिम खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा सो कम्पनीसँग कुनै पनि व्यक्ति वा संस्थाले लिन बाँकी रहेको भए जानकारी दिन केन्द्रीय बैंकले अनुरोध गरेको छ ।
बैंकले कुनै लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएको ३५ दिनभित्र जानकारी गराउन आग्रह गरेको छ ।
सो म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा सेवा रेमिट प्रालिको बैंक जमानत फुकुवा हुने व्यहोरा सूचनामा उल्लेख छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५