बिहीबार, कार्तिक १, २०८१
17:16 | २२:०१

दुवै हात गुमाएकी गायिकालाई बेलायतका नेपालीले गरे आर्थिक सहयोग

नेपाली लिङ्क अक्टोबर १७, २०२४


काठमाडौं । ४ वर्षको उमेरमा करेन्ट लागेर दुवै हात गुमाएकी एक गायिकालाई बेलायतका नेपालीले आर्थिक सहयोग गरेका छन् ।

बुटवलकी प्रतिभाशाली गायिका २३ वर्षीया रुपा रौतारलाई बुधबार दिउसो काठमाडौंमा एकलाख ५१ हजार १०१ रुपैयां नगद हस्तान्तरण गरिएको हो ।

सपन इन्टरटेनमेन्ट यूकेको नेतृत्व र समाजसेवी मन्जु गुरुङ राईको अग्रसरतामा संकलित चन्दा रकम गायिका रौतारलाई हस्तान्तरण गरियो ।

वरिष्ठ संगीतकार न्यूह बज्राचार्य, सपन इन्टरटेनमेन्ट यूकेका निर्देशक सपनकुमार राई, सामाजिक अभियन्ता सुधा गुरुङ, पौरखी नेपालकी रणनीतिक सल्लाहकार एवं टिम लिडर मञ्जु गुरुङ लगायतले सहयोग रकम हस्तान्तरण गरेका थिए ।

सहयोग पाएपछि गायिका रौतारले सबै दाताप्रति कृतज्ञता प्रकट गरिन् । समाजसेवी मन्जु गुरुङ राईले पनि बेलायतका समस्त चन्दादाताप्रति आभार व्यक्त गरेकी छन् ।

समाजसेवी राईले कान्तिपुर टिभीमा वरिष्ठ पत्रकार सुमन खरेलको ‘सुमन संग’ कार्यक्रम हेरेपछि गायिका रौतारलाई सानै भएपनि सहयोग गर्न अग्रसर भएको स्मरण गरिन् ।

उता, सपन इन्टरटेनमेन्टकै पहलमा मुस्कान सेवा नेपाललाई समेत एक लाख ५०० रुपैयां प्रदान गरिएको छ । मुस्कान सेवा नेपालकी सञ्चालक भवानी राई गुरुङलाई सहयोग हस्तान्तरण गरिएको हो ।

समाजसेवीद्वय कृष्ण जोशी र कल्पना जोशीले आफ्नो छोरा करण जोशीको बनिसाका साथ सम्पन्न शुभविवाहको अवसर पारेर उक्त रकम दिएका थिए ।

मुस्कान सेवा नेपालले काठमाडौंस्थित अनाथ बालबालिकाको रेखदेखमा सहयोग गर्दै आएको छ ।

सुमन संग’ गायिका रौतार (भिडियो)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू