बुधबार, असोज ३०, २०८१
09:46 | १४:३१

प्रधानमन्त्री ओलीद्वारा बुवाबाट टीका ग्रहण

रासस अक्टोबर १२, २०२४

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको टीका ग्रहण गरेका छन् । उनले बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका हुन्।

साथै प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्य तथा अन्य परिवारजनलाई पनि टीका लगाइदिएको उनको सचिवालयले जनाएको छ ।

यसपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम छ ।

यसपटक बाढीपहिरो, डुबान लगायतका प्राकृतिक विपद्का कारण प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम भने नरहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू