बुधबार, असोज ३०, २०८१
01:22 | ०६:०७

हेल्प नेपाल यूकेका अध्यक्ष सचिन श्रेष्ठलाई मातृशोक

नेपाली लिङ्क अक्टोबर १२, २०२४


लन्डन –  हेल्प नेपाल नेटवर्क यूकेका अध्यक्ष सचिन श्रेष्ठकी आमा श्रीमती रश्मी श्रेष्ठको ६६ को वर्षको उमेरमा निधन भएको छ।

केही समय देखि मुटु सम्बन्धी रोगको उपचार गराइरहनु भएकी श्रीमती श्रेष्ठको गत मंगलबार काठमाडौँमा निधन भएको हो।

उहाँको निधनमा एक शोक वक्तव्य प्रकाशित गर्दै हेल्प नेपाल नेटवर्क ग्लोबलले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण परिवारमा हार्दिक समवेदना व्यक्त गरेको छ । ‘श्रेष्ठ परिवारलाई यो शोक सहने शक्ति प्रदान गरुन् भनी भगवान श्री पशुपतिनाथसंग प्रार्थना पनि गर्दछौं,’ वक्तव्यमा भनिएको छ।

श्रीमती श्रेष्ठको गोर्खा निवासी श्री ओम प्रसाद श्रेष्ठसंग बिहे भएको थियो। उहाँहरुका एक छोरा तथा तीन छोरी छन्।

हेल्प नेपाल नेटवर्क यूके अध्यक्ष तथा एनआरएनए यूकेका पूर्व कोषाध्यक्ष सचिन श्रेष्ठ चार्टर्ड एकाउन्टेन्ट हुन्। उनी आफ्नो परिवारसहित लन्डनमा बसोबास गर्छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू