पुण्य गौतमलाई रड हान्ने दुई पक्राउ



घाइते गौतम नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा
काठमाडौं- सामाजिक सञ्जालमा चर्चित पुण्य गौतममाथि रड प्रहार गरी घाइते बनाउने दुई जना पक्राउ परेका छन् ।
ज्यान मार्ने उद्योगको कसुरमा पक्राउ पर्नेमा काभ्रेको तेमाल घर भई हाल भक्तपुरको च्यामासिहं बस्ने ३० वर्षीय टासी लामा भन्ने संजिव तामाङ र रसुवा नौकुण्ड गाउँपालिका–५ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ बस्ने ४१ वर्षीय मिलन भन्ने दिलबहादुर गङदान रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका–८, बेशीगाउँस्थित सडक खण्डमा ४६ वर्षीय गौतममाथि रड प्रहार गरेर फरार भएका थिए।
आक्रमण भएको सूचना पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले खोजी कार्य गरेका थिए।
उनीहरूलाई काठमाडौंको गंगाहिटीबाट पक्राउ गरी प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी एवं नवराज अधिकारीले बताए।
घाइते गौतमको नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५