आइतबार, असोज २०, २०८१
14:02 | १८:४७

पासा पुचः गुथि यूके लन्डनमा पुनः रुक्मणी

नेपाली लिङ्क अक्टोबर ४, २०२४

लन्डन । पासा पुचः गुथि यूके लन्डनमा नयां नेतृत्व चयन भएको छ ।

गत २८ सेप्टेम्बर शनिबार लन्डन बोस्टन म्यानरस्थित ‘नेपाल’ रेष्टुरेन्टमा सम्पन्न संस्थाको २३ औं वार्षिक साधारण सभाले पुनः रुक्मणी मानन्धरको अध्यक्षतामा २० सदस्यीय नयां कार्यसमिति चयन गरेको हो ।

दुई वर्षका लागि निर्वाचित कार्यसमितिको उपाध्यक्षमा ओजेश सिंह, महासचिव लिसा दली श्रेष्ठ, कोषाध्यक्ष मन्दिरा मानन्धर, सह-कोषाध्यक्ष पब्लिका श्रेष्ठ, सांस्कृतिक सचिव आस्था जोशी बटाजु र सह-सचिवमा अमिता श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरि सदस्यहरुमा सन्दीप तुलाधर, प्रीति खड्गी शाही, दिनेश तुलाधर, निशा दली श्रेष्ठ, प्रमोद मानन्धर, रवीन्द्र जोशी, सन्नी शाही, विल्सन महर्जन, सुमन महर्जन, मणिराजा महर्जन, आशुतोष कक्षपति, रुपेश महर्जन र सन्दिपा तुलाधर चयन भए ।

संस्थापक सदस्य अमृतरत्न स्थापित, पूर्व अध्यक्ष डा. सचेतन तुलाधर र पासा पुचः गुथि यूके अध्यक्ष सुशील प्रजापति रहेको निर्वाचन समितिले नयां कार्यसमिति चयनका लागि प्रक्रिया अगाडि बढाएको थियो ।

यसअघि वार्षिक साधारणसभामा महासचिव लिसा दली श्रेष्ठले आफ्नो कार्यकालमा भएका ११ वटा कार्यक्रमबारे संक्षिप्त विवरण प्रस्तुत गरेकी थिइन् । ति कार्यक्रममा एकहजार बढी व्यक्ति सहभागी भएको महासचिव श्रेष्ठले जनाइन् ।

कोषाध्यक्ष मन्दिरा मानन्धरले आयव्यय प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । अध्यक्ष रुक्मणी मानन्धरले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू