दूतावासका नयाँ डिप्लोम्याटलाई एनआरएनए यूकेको स्वागत, सहकार्यको प्रतिवद्धता


लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लन्डन दूतावासका नयाँ डिप्लोम्याटहरुलाई स्वागत गरेको छ।
विहीबार अध्यक्ष हित काजी गुरुङ नेतृत्वको संघको टोलीले दूतावास पुगेर जिम्मेवारी सम्हाल्न हालै लन्डन आइपुगेका अधिकारीहरुलाई स्वागतसंगै अन्तरक्रिया समेत गरेको हो ।
लन्डन दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी, फर्स्ट सेक्रेटरी उद्धव न्यौपाने र थर्ड सेक्रेटरी झुपलाल पुनलाई एनआरएनए यूकेका तर्फबाट अध्यक्ष गुरुङले पुष्पगुच्छा र खादाले स्वागत गरे ।
डिप्लोम्याटहरुको स्वागतका लागि एनआरएनए यूके महासचिव गोविन्द शर्मा खरेल, कोषाध्यक्ष विष्णु खरेल, इंग्ल्यान्ड राज्य परिषद अध्यक्ष शम्भुप्रसाद अर्यालसहित एनआरएनए यूके र आइसीसीका प्रतिनिधिसमेत दूतावास पुगेका थिए ।
सो अवसरमा लन्डन दूतावास र एनआरएनए यूकेबीच यसअघि रहंदै आएको निकट सहकार्य र सहयोगको सम्बन्धलाई निरन्तर र सुदृढ गर्दै जानेबारे दुवै पक्षबाट प्रतिवद्धता व्यक्त गरिएको महासचिव खरेलले जानकारी दिए।
अध्यक्ष हित काजी गुरुङले लन्डन दूतावासलाई एनआरएन यूकेले पनि अभिभावक संस्थाका रुपमा लिएको उल्लेख गर्दै आगामी दिनमा पनि सोही खालको संरक्षण र मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरे ।
उपनियोग प्रमुख दुवाडीले दूतावास बेलायतस्थित सम्पूर्ण नेपालीको सहयोगका लागि तत्पर रहेको जनाउँदै एनआरएनए यूकेसंग सहकार्यका लागि आफूहरु पनि उत्सुक रहेको जनाए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५