सोमबार, फागुन १२, २०८१
बाढी पहिरोमा परी २ सय ४२ को मृत्यु, २२ बेपत्ता


रासस
अक्टोबर ३, २०२४
काठमाडौँ, आश्विन १६, २०८१- पछिल्लो विपद्बाट मुलुकभर दुई सय ४२ जनाको मृत्यु भएको छ । बाढी, पहिरोमा परी २२ जना बेपत्ता र एक सय २८ जना घाइते भएका छन् ।
हालसम्म विपद्बाट कोशी प्रदेशमा २३, मधेसमा आठ, उपत्यकामा एक सय एक, वाग्मतीमा एक सय आठ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
बाढी पहिरोबाट मुलुकभर एक हजार सात सय ६९ घर र ५५ वटा पुलमा क्षति पुगेको छ । विपद्का घटनामा फसेका १३ हजार एक सय २९ जनाको उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५