शुक्रबार, असोज १८, २०८१
07:08 | ११:५३

बाढीपहिरो पीडितलाई सहयोग जुटाउँदै एनआरएनए यूके, आफ्नै कोषबाट १५ लाख दिने

नेपाली लिङ्क अक्टोबर २, २०२४


लन्डन । गैरआवासीय नेपाली संघ (एनआरनए) यूकेले बाढीपहिरो पीडितका लागि सहयोग अभियान शुरु गरेको छ ।

अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा सोमबार बसेको आपतकालीन बैठकले आइसीसीको निर्देशन र सहकार्यमा सहयोग अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । 

उक्त अभियानमा संस्थाको कोषबाट शुरुमा १० र पछि ५ लाख गरी जम्मा १५ लाख रुपैयां सहयोग गर्ने निर्णय पनि बैठकले गरेको महासचिव गोविन्द शर्मा खरेलले नेपालीलिंकलाई जानकारी दिए ।

एनआरएनए यूकेले बेलायतस्थित सबै नेपाली संघसंस्था, समुदाय र नेपालीलाई बाढिपहिरो पीडितका लागि एकवद्ध भएर सहयोग गर्न आव्हान गरेको छ।

अध्यक्ष हित काजी गुरुङ र महासचिव गोविन्द शर्माले एक अपील जारी गर्दै संस्थाको सहयोग अभियानमा आर्थिक सहयोग गर्न अपील गरेका छन् ।

एनआरएनए यूकेले बेलायतस्थित सबै नेपालीको अभिभावक संस्थाको भूमिका निर्वाह गर्दै आएको जनाउँदै महाभूकम्प, कोभिड महामारीलगायत अरु विपतका बेलाजस्तै बाढिपहिरो पीडितका लागि पनि बेलायतबाट प्रभावकारी रुपमा एकमुष्ट सहयोग संकलन र वितरण गरिने प्रतिबद्धता जनाइएको छ ।

एनआरएनए यूकेको अपीलः

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू