मंगलबार, असोज १५, २०८१
22:10 | ०२:५५

बाढी पहिरोमा परेर देशभर २०५ जनाको मृत्यु

नेपाली लिङ्क सेप्टेम्बर ३०, २०२४

काठमाडौं । नेपालमा बाढी पहिरोमा परेर देशभर सोमबार साँझसम्म २०५ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन्।

बिहीबार रातिदेखि शनिबारसम्म परेको अविरल वर्षापछि आएको बाढी पहिरोमा परेर २ सय ५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीको तथ्यांकअनुसार विपद्मा उपत्यकामा ५६, कोशी प्रदेशमा १७, मधेसमा ५, काठमाडौं उपत्यका बाहेक बागमतीमा १ सय २५ र लुम्बिनीमा २ जनाले ज्यान गुमाएका हुन्। त्यस्तै, १३० जना घाइते भएका छन्।

घाइते हुनेमा उपत्यकामा २४, कोशीमा १३, मधेसमा ८, उपत्यका बाहेक बागमतीमा ८५ छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै, उपत्यकाबाट २ हजार १ सय ५५ जना, कोशीबाट २९०, बाग्मतीबाट ७४५, गण्डकीबाट ९९७ गरी ४ हजार २ सय २२ जनालाई उद्धार गरिएको छ। अहिले पनि बेपत्ता भएकाहरूको खोजिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू