मंगलबार, असोज १५, २०८१
21:54 | ०२:३९

तमु समाज यूकेले मनायो १७ औं वार्षिकोत्सव

नेपाली लिङ्क सेप्टेम्बर ३०, २०२४

लन्डन । तमु समाज यूकेले संस्था स्थापनाको १७ औं वर्षगांठ मनाएको छ ।

समाजले गत २८ सेप्टेम्बर शनिबार लन्डन वेम्बलीस्थित बारहामपार्कमा अवस्थित आफ्नै समाज घरमा वार्षिकोत्सव मनाएको हो । तमु समाज यूकेले विभिन्न परिस्थितिलाई मध्यनजर गर्दै यसपटक बढी तामझाम नगरि पारिवारिक माहोलमा वार्षिकोत्सव मनाइएको जनाएको छ ।

समाजकी अध्यक्ष बिन्दु कुमारी गुरुङ, प्रमुख अतिथि ग्रीनवीच मेयर जीत रानाभाट, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष विमला गुरुङ र युवा समूहका प्रजुल गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गरेका थिए । त्यसपश्चात् नेपाल र संयुक्त अधिराज्य बेलायतको राष्ट्रिय धुन बजाइएको थियो ।

कार्यक्रममा उपाध्यक्ष भीम गुरुङले समाजको ऐतिहासिक पृष्ठभूमिदेखि हालसम्म गरेका उपलब्धि समेट्दै स्वागत मन्तव्य राखे भने तमु समाज यूकेका सल्लाहकार तथा गोर्खा जिल्ला गुरुङ समाज यूकेका संस्थापक ले. रि थमप्रसाद गुरुङ, सल्लाहकार काउन्सिलर कमल गुरुङ, पूर्वअध्यक्ष अर्जुनकुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ आदिले शुभकामना मन्तव्य राखेका थिए ।

औपचारिक कार्यक्रम महासचिव सुव घलेले सञ्चालन गरेका थिए । समारोहमा प्रमुख अतिथी रोयल बरो अफ ग्रीनवीचका मेयर काउन्सिलर जीत रानाभाट, समाजका सल्लाहकार काउन्सिलर कमल गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, उनकी धर्मपत्नी जयन्ती गुरुङ, पूर्वअध्यक्षहरु अर्जुनकुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ, उनकी धर्मपत्नी तथा उपाध्यक्ष मिरा गुरुङ, उपाध्यक्षहरु भिमबहादुर गुरुङ, केदार गुरुङ, आमा समूहकी अध्यक्ष विमला गुरुङ, गोर्खा जिल्ला तमु समाज यूके का अध्यक्ष तथा तमु समाज यूके पूर्व कार्यसमिति सदस्य टेकमान गुरुङ, उनकी धर्मपत्नी चिनु गुरुङ, तमु प्येल्हु संघ यूकेका पूर्व अध्यक्ष सोम गुरुङ र धर्मपत्नी बबिता गुरुङ, सल्लाहकार तथा तमुधिं यूकेका पूर्वअध्यक्ष सुव सिं गुरुङ बीइएम, सल्लाहकार तथा गोर्खा जिल्ला गुरुङ समाज यूकेका संस्थापक अध्यक्ष ले. रि. थमप्रसाद गुरुङ, पूर्व उपाध्यक्ष तथा सल्लाहकार श्रीमती रेणु माया गुरुङ, पूर्व उपाध्यक्ष तथा सल्लाहकार रि. ले. पन्च बहादुर गुरुङ, पूर्व उपाध्यक्ष तथा सल्लाकार सुश्री बिजु गुरुङ, पूर्व कोषाध्यक्ष तथा सल्लाहकार उदय गुरुङ, पूर्व उपाध्यक्ष तथा सल्लाहकार हर्क गुरुङ, पूर्व उपाध्यक्ष तथा सल्लाहकार कन्य प्रसाद गुरुङ, सल्लाहकारहरु लगायत सहभागी थिए ।

विभिन्न व्यक्तित्व सम्मानित

तमु समाज यूकेले संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै गोरखा जिल्ला तमु समाज यूकेका अध्यक्ष टेकमान गुरुङलाई सम्मान गरयो । उनलाई तमु समाज यूके अध्यक्ष, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र आमा समूह अध्यक्षले फेटा र खादा लगाएर सम्मान गरेका थिए ।

सोही क्रममा यस वर्ष समाजलाई तन, मन र धन दिएर अहोरात्र खटिने तीन सदस्यलाई ‘उत्कृष्ट समाजसेवा सम्मान २०२४’ ले सम्मान गरिएको छ । सम्मानित हुनेमा भद्र कुमारी गुरुङ, विजयता गुरुङ र लक्ष्मी गुरुङ थिए । अध्यक्ष, प्रमुख अतिथि र संस्थापक अध्यक्षले प्रमाणपत्र, खादा र पछ्यौरा ओढाएर सम्मान गरे ।

सम्मानकै क्रममा तमु प्येल्हु संघ यूकेका पूर्व अध्यक्ष सोम गुरुङ र पत्नी बबिता गुरुङ लाई अध्यक्ष घले, प्रमुख अतिथि र संस्थापक अध्यक्षले विशिष्ठ सम्मान पत्र, खादा, फेटा र पछ्यौरा ओढाएर सम्मान गरे ।

समाजकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घले, प्रमुख अतिथि मेयर जित रानाभाट, काउन्सलर कमल  गुरुङ, पूर्वअध्यक्ष अर्जुनकुमार गुरुङ, उपाध्यक्ष भिमबहादुर गुरुङ, उपाध्यक्ष मिरा गुरुङ, पूर्व अध्यक्ष शिवचन्द्र गुरुङ, आमा समूहकी अध्यक्ष विमला गुरुङ, महासचिव सुव घले आदिले संयुक्तरुपमा केक काट्दै स्याम्पेन फोरेर खुशीयाली मनाइएको थियो ।

त्यसपश्चात् महासचिव घलेले तमु समाज यूकेको समाज घरका लागि आर्थिक सहयोग गर्ने चन्दादाताहरुको नाम वाचन गरेका थिए । पूर्व उपाध्यक्ष तथा सल्लाहकार रि. ले. पन्च बहादुर गुरुङ तथा पूर्व उपाध्यक्ष सल्लाहकार श्रीमति रेणु माया गुरुङ एक हजार पाउण्ड, तमु प्येल्हु संघ यूके पूर्व अध्यक्ष सोम गुरुङ तथा श्रीमति बबिता गुरुङबाट एक हजार १११ पाउण्ड र गोर्खा जिल्ला तमु समाज यूके अध्यक्ष तथा तमु समाज यूके पूर्व कार्यसमिति सदस्य टेकमान गुरुङ र उनकी पत्नी चिन गुरुङबाट १००५ पाउण्ड प्रदान गरेका थिए ।

प्रमुख अतिथि मेयर रानाभाट र अध्यक्षले धन्यवाद मन्तव्य राखेपछि विधिवतरूपमा कार्यक्रम समापन भएको थियो ।

कार्यक्रममा समाजकै युवा समूहका सुमिना गुरुङ र सुमी गुरुङले नृत्य गरेर भरपुर मनोरञ्जन दिलाए । डिजे युवा सदस्य प्रज्वलमान गुरुङको साउण्ड सिस्टम व्यवस्थापनमा सबैले फ्लोर डान्समा रमेर भरपूर मनोरञ्जन लिँदै राति ११ बजेतिर कार्यक्रम अन्त्य भएको थियो ।

कार्यक्रममा रारा क्याटरिङले सशुल्क खाना व्यवस्थापन गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू