बाढीपहिरो र डुबानमा परी देशभर १७० जनाको मृत्यु



तस्विर- १२ खरी
काठमाडौँ—बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ७० जनाको मृत्यु भएको छ ।
ती घटनामा परी ४२ जना बेपत्ता भएका छन् भने एक सय ११ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले एक सूचनामार्फत आइतबार साँझ जानकारी दिए ।
बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार विपद् प्रभावितको उद्धार गरिएको उनले जानकारी दिए ।
काभ्रेपलाञ्चोक, सिन्धुली र ललितपुरलगायत जिल्लाका विभिन्न स्थानबाट घाइते र अलपत्र परेका एक सय ६२ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
बाढी पहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको प्रवक्ता तिवारीले बताए ।
‘यसका साथै खोज तथा उद्धार र राहत कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको छ । सम्बन्धित निकायसँगको समन्वयमा अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेकाले छ’, उनले भने ।
प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसमेत विपद् प्रभावितको खोज, उद्धार र राहतमा सक्रियतापूर्वक जुटिरहेको पनि मन्त्रालयले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५