सोमबार, फागुन १२, २०८१
बाढीपहिरो र डुबानबाट हालसम्म १२९ जनाको मृत्यु


नेपाली लिङ्क
सेप्टेम्बर २९, २०२४
काठमाडौं– बिहीबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबान घटनाबाट हालसम्म १२९ जनाको मृत्यु भएको छ । यो प्राकृतिक विपद्का घटनामा परी ६२ जना बेपत्ता र ८६ जना घाइते भएका प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो १ बजेसम्मको विवरणानुसार, तीन हजार २६६ भन्दा बढी मानिसको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
शनिबार अपराह्नपछि अविरल वर्षा रोकिएको छ । वर्षासँगै बाढीपहिरोले सडक, पुल, सार्वजनिक सम्पत्ति, व्यक्तिका निजी घर तथा आवासलगायत भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५