सोमबार, फागुन १२, २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चंगा, ड्रोन र बेलुन उडाउन निषेध


रासस
सेप्टेम्बर २७, २०२४
काठमाडौँ, आश्विन ११, २०८१ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउने कार्य गर्नेलाई कारबाही गरिने भएको छ ।
यसरी चंगा, ड्रोन, बेलुन उडाउने कार्य तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले उक्त कार्य गर्न निषेध गरिएको विमानस्थल प्रमुख एवं महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।
उनले भने, ‘विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न आग्रह गरेका छौँ । अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुनेछ ।’
दसैँ नजिकिँदै गर्दा अहिले विमानस्थल आसपासका क्षेत्रमा चंगा, बेलुन उडाउने कार्य बढिरहेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५