शुक्रबार, असोज ११, २०८१
23:47 | ०४:३२

न्यूयोर्कमा प्रधानमन्त्री ओली र बंगलादेश सरकार प्रमुखबीच भेटवार्ता

रासस सेप्टेम्बर २६, २०२४


न्यूयोर्क । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुने सिलसिलामा न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा. मोहम्मद युनुसबीच भेटवार्ता भएको छ ।

त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा छलफल भएको थियो । 

साथै, ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू