बुधबार, असोज ९, २०८१
19:56 | ००:४१

नेपाल ब्रिटेन डटकमविरुद्ध प्रेस काउन्सिलमा उजुरी

नेपाली लिङ्क सेप्टेम्बर २४, २०२४

लन्डन । बाग्लुङमा दर्ता भएर बेलायतको नेपाली समुदायलाई दिग्भ्रमित पारिरहेको भन्दै एउटा अनलाइन ‘नेपाल ब्रिटेन डटकम’ विरुद्ध प्रेस काउन्सिलमा उजुरी परेको छ ।

नेपाल पत्रकार महासंघ बेलायतले संघ र त्यसका पदाधिकारीको मानमर्दन गरेको, भ्रामक समाचार हालेर नेपाली समुदायलाई विभाजित एवं दिग्भ्रमित पारेको भन्दै काउन्सिलमा उजुरी दिएको हो ।

नेपाल ब्रिटेन डटकमका प्रधान सम्पादक देवराज आचार्य ‘चिरन शर्मा’ को अनलाइनलाई हदैसम्मको कारवाही गर्न मागसहित काउन्सिलमा उजुरी दिइएको पत्रकार महासंघ बेलायत अध्यक्ष विमला सेनेले जनाइन् ।

कानूनी झन्झटबाट उम्किन शर्माले अनलाइन बाग्लुङमा दर्ता गरेर बेलायतका नेपालीलाई मानमर्दन, चरित्र हत्या र आर्थिक लाभ लिंदै आएको आरोप छ ।

उनले शाखाको लोगो दुरुपयोग गरि सूचना र विज्ञप्ति भन्दै कीर्ते कार्य गरेको पनि जनाइएको छ ।

गत महिना ‘टप टेन नेपाली’ भन्दै हचुवाका भरमा १० जना स्थानीय सामाजिक अभियन्तालाई प्रायोजित अवार्ड दिएर शर्माको ‘टपटेन’ कार्यक्रम पनि विवादमा तानिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू