शुक्रबार, असोज ११, २०८१
22:55 | ०३:४०

लन्डन बस्ने गायिका बर्देवाको नयां कोशेली ‘मन सिउने धागो’ (भिडियो)

नेपाली लिङ्क सेप्टेम्बर २१, २०२४

लन्डन । बेलायतनिवासी गायिका शर्मिला बर्देवाको आवाजमा सजिएको नयाँ नेपाली गीत ‘मन सिउने धागो’ सार्वजनिक भएको छ ।

नेपाली पार्श्व तथा आधुनिक गायनमा अब्बल बर्देवाले आफनै युट्युव च्यानलबाट शुक्रबार सो गीत सार्वजनिक गरेकी हुन् ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा नर्सका रुपमा कार्यरत गायिका बर्देवाले नेपाली चर्चित फिल्महरुमा पार्श्व गायन गरेकी छन् ।

बर्देवाका ‘फूलको जवाफ’, ‘मेरो हजुरलाई’, ‘तस्वीरमै यस्तो’, ‘आंखैमा झलझली’, ‘हिउँचुलीमा हिउँ’, ‘आगो लाग्यो दिलैमा दमकल बोलाइदेउ’ लगायत दर्जनौँ गीत चर्चित छन् ।

यतिखेर उनी नेपाली गीत संगीतका लागि पुरा समय दिन काठमाडौंमा छिन् । उनको नयाँ गीत ‘मन सिउने धागो’ ले संगीत पारखीहरूको मन जित्ने अपेक्षा गरिएको छ। यो गीत अहिले नै सबै डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ।

गीतमा कृतिशा केसी र पेमादावा लामाको अभिनय देख्न सकिन्छ।

गीतमा मीरा राणाको संगीत, प्रमोद स्नेही राणाको शब्द रचना र मनोहर सुनामको एरेञ्ज छ। यस गीतको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ्ग भोला पौडेलले साउण्ड डिजाइन स्टुडियोमा गरेका हुन् भने भियना, अष्ट्रियामा रुपक कुमारले स्वर रेकर्ड गरेका छन्।

भिडियोतर्फ क्यामेरामा नरेश ऐर र उनको साथमा मेकअप आर्टिस्टको जिम्मेवारी कञ्चन गिरीले निर्वाह गरेका छन्। भिडियो सम्पादन र कलर मिन रावल, निर्देशन र कन्सेप्ट उत्तम श्रेष्ठ शिशिरको छ । गीतको निर्माण सरोज परियार र पोष्ट प्रोडक्शन जनता डिजिटल प्रा. लि. ले गरेको छ ।

गायिका शर्मिला बर्देवा

भिडियोः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू