शुक्रबार, असोज ११, २०८१
01:20 | ०६:०५

टीका लगाउने शुभसाइत बिहान ११ः३६ बजे

नेपाली लिङ्क सेप्टेम्बर २१, २०२४

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडादशैंको उपलक्ष्यमा गरिने विभिन्न कार्यको शुभसाइत सार्वजनिक गरेको छ ।

जस अनुसार नवरात्र आरम्भ तथा घटस्थापनको साइत असोज १७ गते बिहीबार बिहान ९ः१६ बजे छ ।

यसैगरी, असोज १८ गते झण्डा फेर्ने (पश्चिम मोहडा) बिहान ९ः१४ बजे छ भने पचली भैरव यात्रा असोज २२ गते मङ्गलबार परेको छ ।

असोज २४ गते बिहीबार फूलपाती, श्री तुलजा भवानी यात्रा बिहान ७ः११ बजे, स्थिरासन बिहान ८ः४३ मा शुभ साइत रहेको छ ।

यसैगरी, असोज २५ गते महाष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ ।

असोज २६ गते शनिबार विजया दशमी, देवी बिर्सन बिहान ८ः३३ बजे शुभ साइत छ भने टीका लगाइदिने (पूर्व मोहडा) र टीका लगाइ माग्ने पश्चिम फर्केर लगाउनु पर्ने छ । टीका लगाउने शुभसाइत बिहान ११ः३६ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

असोज ४ गते समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेल, सदस्य प्रा. डा. देवमणि भट्टराई र अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीद्वारा हस्ताक्षर गरिएको साइतमा सो कुरा उल्लेख गरिएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू