शनिबार, असोज ५, २०८१
21:29 | ०२:१४

गीतमा देशको चरम भ्रष्टाचार (भिडियो)

नेपाली लिङ्क सेप्टेम्बर २०, २०२४


काठमाडौँ– हेम सरिता पाठक फाउन्डेशनद्वारा तयार गरिएको ‘भ्रष्टाचारको चपेटामा देश’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ।

हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा गत साता बानेश्वरमा आयोजिक एक कार्यक्रमबीच गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो।

उक्त गीतमा चर्चित गायक गायिका कुन्ति मोक्तान र शिशिर योगीको आवाज छ।  

हेम पाठकको शब्द रचना रहेको गीतमा बिबी अनुरागीले संगीत भरेका छन्। गीतको भिडियो भक्तपुरका विभिन्न स्थानमा छायांकन गरिएको छ।

म्यूजिक भिडियोमा कलाकारहरू किरण केसी, विद्या कार्की, रेष्मा श्रेष्ठ, राजु भुजू र आरके मानन्धरको अभिनय छ। भिडियो निर्देशन सुदन केसी तथा सहनिर्देशन चन्द्र भण्डारीले गरेका हुन्।

भिडियो:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू