शुक्रबार, असोज ४, २०८१
21:10 | ०१:५५

भूपू गोर्खा मुद्धा निष्कर्षमा पुर्‍याउनेछु: प्रस्तावित राजदूत घिमिरे

नेपाली लिङ्क सेप्टेम्बर १९, २०२४

लन्डन । बेलायतका लागि नेपाली राजदूतमा अनुमोदित चन्द्र कुमार घिमिरेले भूतपूर्व गोर्खा मुद्धा निष्कर्षमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बेलायतको राजदूत नियुक्त भए आफूले भूतपूर्व गोर्खाहरुको मुद्धालाई किनारा लगाउने बताए ।

‘ब्रिटिश गोर्खा फौज नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्धको कडी हो । सन् १८१५ अप्रिल २४ बाट ब्रिटिश आर्मीमार्फत शुरु गोर्खा फौजको इतिहास लामो छ’ घिमिरेले भने- ‘पहिलो र दोस्रो विश्वयुद्धमा अनगिन्ती युद्ध लडेर गोर्खा फौजले वीरता र बलिदानको गौरवपूर्ण इतिहास विश्वसामू पस्किसकेको अवस्थामा उनीहरुको मुद्दा किनारा लगाइनु पर्छ।’

सन् १९९७ भन्दा अगाडि अवकासप्राप्त गोर्खाहरूबारे जुन वार्ता अहिले चलिराखेको छ, त्यसलाई सकेसम्म चाँडो उनीहरूको हित संवर्द्धन हुनेगरी निष्कर्षमा पुर्‍याउन प्राथमिकता दिने उनको अठोट छ ।  

भूपू गोर्खाको पेन्सन र अन्य सुविधा विषयमा नेपाल सरकारले पहल गरिरहेको र राष्ट्रिय सरोकार र चिन्ताको विषयका रुपमा लिएको पनि उनले प्रष्ट्याए । संसद्को अन्तराष्ट्रिय सम्बन्ध समितिले २०७५ चैत्र १ मा उक्त समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिइसकेको उनले बताए ।

सन् २०२१ अगष्टमा आमरण अनसनपश्चात ब्रिटिश सरकार वार्तामा बस्न तयार भएपनि बेलायतका लागि नेपाली राजदूतको नेतृत्वमा गठित वार्ता समितिको ६ पटक बसेको बैठकबाट कल्याणकारी सुविधालगायत केही विषयमा प्रगति भएपनि मुख्य माग समान पेन्सन विषयमा बेलायत सरकारको फरक मतका कारण ‘ब्रेक थ्रु’ नभएकाले यसलाई टुंगो लगाउने उनले बताए ।

बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारद्वारा १६ देशका लागि सिफारिस राजदूतसंगै घिमिरेको नाम पनि अनुमोदन गरेको छ । योसंगै हाल राजदूतबिहीन बेलायतका नेपाली राजदूतमा घिमिरे आउने लगभग पक्का भएको छ । यद्धपि समितिको बैठकबाट अनुमोदन भएपनि बेलायतबाट एग्रिमो गएपछि मात्र राष्ट्रपतिबाट नियुक्त भई शपथ कार्यक्रम पश्चात उनलाई बेलायत आउने बाटो खुल्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू