बिहीबार, असोज ३, २०८१
07:34 | १२:१९

नयाँ आप्रवासीलाई सानोबाट व्यवसाय शुरु गर्न सुवेदीको सुझाव

नेपाली लिङ्क सेप्टेम्बर १७, २०२४


टोरन्टो – गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धि सागर सुवेदीले ठूलो लगानीमा जोखिम पनि हुने भएका कारण नयाँ आप्रवासीलाई सानोबाट व्यवसाय शुरु गर्न सुझाव दिएका छन्   ।

गैरआवासीय नेपाली संघ क्यानडाले हालै टोरोन्टोमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै उनले सानो लगानीमा साना व्यवसाय शुरु गरि मेहनती र इमान्दार भएमा छिट्टै सफलता हासिल गर्न सकिने बताए । 

उनले आप्रवासी नेपालीहरुलाई व्यवसायमा आकर्षित गर्न कार्यक्रम संचालन गर्न गैरआवासीय नेपाली संघलाई सुझाव दिए । 

गैरआवासीय नेपाली संघमा हाल जारी विवादबारे सहभागीको प्रश्नको उत्तर दिंदै सुवेदीले सर्वोच्चका दुई फरक आदेशले अन्यौल थपेको बताए। उनले यसको निराकरण पनि  अदालतले नै गर्न सक्ने विचार व्यक्त गरे ।

बुद्धि सागर सुवेदी

गैरआवासीय नेपाली संघ क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिकाका मध्य पश्चिम क्षेत्रीय संयोजक महेन्द्र बस्नेतले गैरआवासीय नेपाली संघ क्यानडा र अमेरिकाबीच सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । 

कार्यक्रम संचालन गैरआवासीय नेपाली संघकी महासचिव चन्दा अधिकारीले गरेकी थिइन् । कार्यक्रममा क्यानडामा बसोबास गर्ने नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।

गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धि सागर सुवेदी र मध्य पश्चिम क्षेत्रका क्षेत्रिय संयोजक महेन्द्र बस्नेतले क्यानडाको छोटो बसाइमा विभिन्न सामाजिक व्यक्तित्वहरुसंघ भेटघाट गरेका थिए। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू