शनिबार, असोज ५, २०८१
00:50 | ०५:३५

बेलायतमा वरिष्ठ गायक दीप श्रेष्ठको एकल सांझ हुंदै

नेपाली लिङ्क सेप्टेम्बर १६, २०२४

लन्डन । नेपाली सांगीतिक आकाशका एक नक्षत्र वरिष्ठ गायक दीप श्रेष्ठको बेलायतमा एकल सांझ हुने भएको छ । आउंदो १९ सेप्टेम्बर सांझ ६ बजेदेखि हाइवे कम्बस्थित ‘डल्फिन आई पब एण्ड रेष्टुरेन्ट’ मा लाइभ म्यूजिकका साथ कन्सर्ट हुन लागेको हो ।

‘बितेका कुरा’, ‘कति कमजोर रहेछ भाग्य’, ‘हर रात सपनीमा ऐठन हुन्छ’, ‘म पत्थरको देवता होइन’ जस्ता दर्जनौं सदावहार गीतका गायक श्रेष्ठको एकल सांझमा सहभागी भएर मनोरन्जन लिन र कलाकारप्रति सम्मान अर्पण गर्न आयोजक सिद्धार्थविक्रम क्षेत्रीले अपिल गरे ।

‘म पत्थरको देवता होइन
तोडिएर जोडिने
न म त्यो देव हुँ
सधैँ बाँचिरहने…’

गायक श्रेष्ठले यही गीत रेकर्ड गराएर ०२५ सालमा औपचारिक सांगीतिक यात्रा प्रारम्भ गरेका थिए । ५५ वर्षदेखि गायनमा निरन्तर श्रेष्ठ अहिले पनि उत्तिकै जोशका साथ यस क्षेत्रमा छन् ।

आयोजकले स्वादिष्ट खानासंगै दीप श्रेष्ठ सांझमा रमाउन तलको ठेगानामा निमन्त्रणा गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू