बिहीबार, असोज ३, २०८१
02:14 | ०६:५९

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस

नेपाली लिङ्क सेप्टेम्बर १६, २०२४

काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको संवैधानिक परिषद् बैठकले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।

नयाँ प्रधानन्यायाधीशका लागि न्यायपरिषद्ले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषदमा पठाएको थियो। जसमा राउतसँगै न्यायाधीशहरु सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी थिए।

संसद्को संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा प्रस्तावित राउतको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू