भारतीय कम्युनिस्ट पार्टी महासचिव यचुरीको निधन


काठमाडौं- भारतीय कम्युनिस्ट पार्टी (र्माक्सवादी) का महासचिव सिताराम यचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ।
भारतीय पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करण अनुसार ७२ वर्षीय यचुरीको बिहीबार दिउँसो नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साइन्सेस (एम्स) मा निधन भएको हो।
भारतको कम्युनिस्ट पार्टीले सामाजिक सञ्जाल ट्वीटर (एक्स) मा यचुरीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
कम्युनिस्ट पार्टीले लेखेको छ, ‘हाम्रो प्रिय कमरेड महासचिव सिताराम यचुरीको आज एम्स अस्पतालमा निधन भएको छ। लाल सलाम कमरेड सिताराम यचुरी ।’
स्वासप्रस्वास नलीमा गम्भीर संक्रमण देखिएपछि उनलाई अस्पतालको आईसीयूमा राखिएको थियो।
भारतको राज्य सभामा सन् २००५ देखि २०१७ सम्म सांसद बनेका नेता यचुरीले नेपाल र भारतको सम्बन्धलाई विशेष जोड दिन्थे। यचुरी सन् २०१५ देखि भारतको कम्युनिस्ट पार्टीको महासचिव बने । उनी सन् १९५२ मा चेन्नईमा जन्मिएका हुन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५