मंगलबार, असोज १, २०८१
15:55 | २०:४०

बेलायती प्रधानमन्त्री १५ वर्षपछि ट्रेड युनियनको वार्षिक बैठकमा

रासस/एएफपी सेप्टेम्बर १०, २०२४

लन्डन, भदौ २५– बेलायतका प्रधानमन्त्री किअर स्टारमर विगत १५ वर्षमा बेलायतको ट्रेड युनियनको वार्षिक बैठकलाई सम्बोधन गर्ने पहिलो बेलायती प्रधानमन्त्री बनेका छन् ।

स्टारमरको लेबर पार्टी ऐतिहासिक रूपमा ट्रेड युनियन सङ्गठनहरूसँग सम्बद्ध छ । ट्रेड युनियन कङ्ग्रेस (टियुसी) ४८ सदस्य युनियनहरूको साझा निकाय हो । यसले २०औँ शताब्दीको सुरुमा लेबर पार्टी स्थापना गर्न मद्दत गरेको थियो ।

प्रधानमन्त्री गोर्डन ब्राउनले सन् २००९ मा पछिल्लोपटक यसको सम्मेलनलाई सम्बोधन गरेका थिए ।

लेबर पार्टीले जारी गरेको विज्ञप्तिका अनुसार ६२ वर्षीय स्टारमरले ब्राइटनको समुद्री रिसोर्टमा टियुसीका प्रतिनिधिहरूलाई बेलायतको अर्थतन्त्र सुधारका लागि युनियन र व्यवसायीलाई एकसाथ ल्याउने पहल गर्न तयार रहेको बताएका छन् ।

वर्षौंदेखि चलिरहेको औद्योगिक अशान्ति र युनियन र सरकारबीचको तनाव अन्त्य गर्न पहल गरिरहेका प्रधानमन्त्री स्टारमरले भनेका थिए “राजनीतिको सबैभन्दा कठिन शुत्र साझेदारी हो, मलाई थाहा छ कि पुराना तरिकामा स्पष्टता छ जस्तै व्यापारीविरुद्ध कामदार, व्यवस्थापनविरुद्ध सङ्घ, सार्वजनिकविरुद्ध निजी । तर यस्तो प्रकारको राजनीति बेलायती जनताले चाहँदैनन् ।”

टोरी शासनको समयमा बिग्रिएका देशको पूर्वाधार क्षेत्रलाई सुधार्ने वाचासहित लेबर पार्टी सत्तामा आएको थियो । यसले शिक्षक र डाक्टर जस्ता सार्वजनिक क्षेत्रका कामदारहरूका लागि तलब वृद्धि गर्ने घोषणा गरेको छ र रेललाई पुनः राष्ट्रियकरण गर्ने मार्ग प्रशस्त गर्न रेल चालकहरूसँग तलब सम्झौता गरेको छ ।

टियुसीले तलब सम्झौतालाई ‘पहिलो महत्त्वपूर्ण कदम’ का रूपमा स्वागत गरेको छ तर केही प्रमुख युनियन र नयाँ सरकारबीच पहिल्यै तनाव देखा परेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू