मंगलबार, असोज १, २०८१
16:04 | २०:४९

ओएनएफ साउथ इष्ट लन्डनमा पहिलो महिला अध्यक्ष बनिन् राममाया

नेपाली लिङ्क सेप्टेम्बर १०, २०२४

लण्डन- प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेको साउथ इष्ट लन्डन इलाका कमिटीको अध्यक्षमा राममाया विष्ट निर्वाचित भएकी छन्।

आइतबार वूल्लीचमा सम्पन्न कमिटीको छैठौं अधिवेशनले विष्टको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो।

विष्ट कमिटीको अध्यक्षमा निर्वाचित हुने पहिलो महिला हुन्। यसअघि उनले कोषाध्यक्ष, उपाध्यक्षजस्ता महत्वपूर्ण पदमा रहेर जिम्मेवारी पूरा गरिसकेकी छन्।

नवनिर्वाचित कमिटीको उपाध्यक्षमा करुणा हमाल, सचिवमा जीविका नहर्की, उपसचिवमा राजेन्द्र लम्साल तथा सदस्यहरुमा रत्ना हमाल शाही, लिलाराम सापकोटा, सन्तोष गिरी, अनिस थपलिया, नवीन भट्ट, थर्कसिंह खड्का, किरण अधिकारी र मनिषा खड्का छन्। कार्यसमितिका बाँकी तीन सदस्य पछि थप गरिनेछ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई ओएनएफ अन्तरराष्ट्रिय कमिटी उपसचिव तथा अधिवेशनका प्रमुख अतिथि कर्ण शाहीले शपथग्रहण गराएका थिए।

त्यसअघि निर्वाचन समिति संयोजक केदार थपलियाले सिंगो कार्यसमिति सर्वसम्मत भएको घोषणा गरेका थिए। निर्वाचन समितिमा थपलिया संयोजक तथा ओएनएफ यूके उपाध्यक्ष डा मुकुन्द बास्तोला र सचिव पुण्य रेग्मी सदस्य थिए ।

नवनिर्वाचित कार्यसमितिलाई ओएनएफ अन्तरराष्ट्रिय कमिटी उपसचिव कर्ण शाही, सदस्य कल्पना त्रिपाठी र ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालले शुभकामना दिए ।

सो अवसरमा नवनिर्वाचित अध्यक्ष विष्टले सबैसँग हातेमालो गरेर अघि बढने प्रतिवद्धता जनाएकी थिइन्।

त्यसअघि अधिवेशनमा निवर्तमान अध्यक्ष अर्कराज तिमल्सिनाले विगतमा गरेका कामको जानकारी दिंदै नयाँ कमिटीले गर्न सक्ने कामबारे सुझाव दिएका थिए। सचिव पंकज बजगाईले कार्य प्रगति विवरण पेश गरेका थिए।

अधिवेशनमा ओएनएफ यूके पूर्व अध्यक्ष दिनेश घिमिरे, अन्तरराष्ट्रिय कमिटी सल्लाहकार विनोद ज्ञवाली, ओएनएफ यूके उपाध्यक्षद्वय सुरेशजंग शाह र डा मुकुन्द बास्तोलालगायतको उपस्थिति थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू