मंगलबार, असोज १, २०८१
20:13 | ००:५८

द गोर्खा सेन्टरको समर जमघट आइतबार

नेपाली लिङ्क सेप्टेम्बर ७, २०२४

लन्डन – बेलायतमा कार्यरत सामाजिक संस्था द गोर्खा सेन्टरले पश्चिम लन्डनस्थित नेपाली समुदायका लागि आइतबार (८ सेप्टेम्बर) ‘समर बार्बेक्यू पार्टी’ आयोजना गर्ने भएको छ। 

कार्यक्रममा चर्चित शेफ तथा द गोर्खा सेन्टरका ब्रान्ड एम्ब्यासडर बिनोद बरालको रेखदेख र निर्देशनमा बार्बेक्यू तयार गरिने छ। 

“स्थापनाकालदेखि नै हामीले भूतपूर्व गोर्खा सैनिक तथा उहाँका परिवारका लागि सक्दो सेवा गर्दै आएका छौं। भूतपूर्व गोर्खा सैनिक लगायत पश्चिम लन्डनमा बसोबास गर्ने सबै नेपाली समुदाय तथा नेपालका मित्रहरुलाई एकै थलोमा भेला गरेर रमाइलो, खानपिन गर्ने, हामीलाई स्थापनाकालदेखि नै सहयोग गर्दै आएका स्वयंसेवी तथा संस्थाहरुलाई धन्यवाद दिने र सामुदायिक भावनालाई अरु बलियो बनाउने उद्देश्यले हामीले यो बार्बेक्यू पार्टी गर्न लागेका हौँ,” द गोर्खा सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङले भने।

बार्बेक्यू पार्टीमा डिपार्टमेन्ट अफ वर्क्स एन्ड पेन्सन्सको लन्डनस्थित आर्म्ड फोर्सेज च्याम्पियन तथा भेट्रान्स एडभाइजरी एण्ड पेन्सन्स कमिटीका स्टाफहरु पनि सहभागी हुनेछन्। त्यस्तै एचएसबीसी बैंकको स्थानीय शाखाका कर्मचारी पनि सहभागी हुनेछन्। 

द गोर्खा सेन्टरले सिफारिस गरेको आधारमा एचएसबीसी बैंकले सयौं भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारजनको खाता खोली दिएको छ। बेलायतमा भत्ता लगायत सरकारी सुविधाहरु प्राप्त गर्न बैंक खाता अनिवार्य छ।

आइतबार हुन लागेको बार्बेक्यू पार्टीमा भाग लिन १० पाउन्ड शुल्क तोकिएको छ तर विद्यार्थी, बालबालिका एवं न्यून आय भएका समुदायका सदस्यहरुलाई निशुल्क प्रवेश दिइने सेन्टरले जनाएको छ। “सबैजना सहभागी भएर खानपिनसहित रमाइलो गरौं,”  सिइओ तामाङले भने।

उक्त पार्टी द गोर्खा सेन्टरको Hayes and Harlington Community Association, Albert Road, Hayes, London UB3 4HR स्थित कार्यालय प्रांगणमा दिउसो १२ बजेदेखि गरिने छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू