फार्नबोरोमा वेवारिसे भेटिएकी नेपाली वृद्धा नेपाल फर्किइन्



फ्रिम्ली पार्क अस्पताल
लन्डन । बेलायतको फार्नबरोमा वेवारिसे भेटिएकी एक नेपाली वृद्धा अस्पतालमा उपचारपछि नेपाल फर्किएकी छन् ।
केही दिनअघि एम्बुलेन्स टिमले फार्नबरोको एक खाडलमा मात्रिकादेवी राईलाई लडिरहेको भेटेपछि फ्रिम्ली पार्क अस्पताल पुर्याएका थिए । उनले आफ्नो नाम र छोराको नाम राम राई मात्र भन्न सक्ने बताइएको थियो ।
उनको परिवार र बसाइबारे व्यापक खोजी भएपछि एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर अस्पताल पुगेका थिए ।
‘मलाई धेरैले मात्रिकादेवी सम्बन्धमा चासो देखाउनु भयो । अनि अस्पताल पुगेर सामाजिक कार्यकर्ता भनेपछि अस्पतालले मात्रिकाको परिवार सम्पर्कमा आएर उनलाई नेपाल पठाएको जानकारी दिएको छ’, गाहामगरले नेपालीलिंकसंग भने, ‘आमा उपचारपछि सकुशल नेपाल फर्किनुभएछ। अब उहांको अवस्थाबारे आत्तिनु पर्दैन ।’
बेलायतमा भूतपूर्व गोर्खा वृद्धवृद्धा अंग्रेजी भाषाकै कारण समस्यामा पर्ने गरेका छन् । पारिवारिक सदस्यहरु काम वा व्यवसायमा व्यस्त रहंदा उनीहरुलाई रेखदेख गर्ने कोही हुन्न जसले गर्दा यस्ता घट्ना बढिरहेको अध्यक्ष गाहामगरले जनाए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५