मंगलबार, असोज १, २०८१
20:08 | ००:५३

पलेशालाई राष्ट्रपतिको सम्मान, सरकारबाट ६५ लाख पुरस्कार

नेपाली लिङ्क सेप्टेम्बर ४, २०२४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् ।

शीतल निवासमा बुधबार आयोजित एक कार्यक्रमबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरे ।

राष्ट्रपति पौडेलले पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिए । सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शिर उँचो पार्ने काम भएको र अर्को पटक स्वर्ण पदक राष्ट्रले अपेक्षा गरेको बताए ।

सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल सङ्घका पदाधिकारीहरूको सहभागिता थियो ।

पलेशाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइन् ।

सरकारबाट ६५ लाख पुरस्कार
ऐतिहासिक पदक विजेता पलेशालाई नेपाल सरकारले ६५ लाख रुपैया पुरस्कारले सम्मान गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत् पलेशासंगको तस्विर शेयर गर्दै पुरस्कार घोषणा गरेका हुन् । उनले उक्त पुरस्कार राशीमा कर छुट समेत गरिने स्पष्ट बनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू