लन्डन दूतावासमा डिप्लोम्याट्सहरुको नयाँ टिम



तस्बिरमा नयाँ उपनियोग प्रमुख विपिन दुवाडी (बायां) र द्वितीय सचिव उद्वव न्यौपाने
लन्डन । लन्डनस्थित नेपाली दूतावासका डिप्लोम्याट्सहरु आफ्नो ४ वर्षको कार्यकाल सकिएर नेपाल फर्कने भएपछि मिसनमा नयाँ टिम फेरबदल हुँदैछ ।
उपनियोग प्रमुख रोशन खनाल सेप्टेम्बर दोस्रो साता नेपाल फर्कने तयारी गरिरहंदा उनको ठाउँमा जिम्मेवारी सम्हाल्न विपिन दुवाडी लन्डन आउने तय भएको छ ।
उता द्वितीय सचिव रामबाबु नेपालको ठाउँमा उद्वव न्यौपाने आउन लागेको लन्डनस्थित नेपाली दूतावास श्रोतले जनायो ।
त्यसैगरि नयाँ थर्ड सेक्रेटरीमा झुपलाल पुन र वीर कुमार राय लन्डन मिसन आउंदै छन् । ‘मिसनको काम प्रभावित नहुने गरि पालैपालो जांदैछौं’- कार्यवहाक राजदूत खनालले भनिन् ।
थर्ड सेक्रेटरी पुजन पाण्डे फर्किसकेकी छन् भने गजेन्द्र राई बिहीबार फर्कने कार्यक्रम छ । द्वितीय सचिव रामबाबु नेपाल सेप्टेम्बर दोस्रो साता फर्कने तयारीमा छन् ।
यसैबीच, सरकारले बेलायतका लागि राजदूतमा चन्द्रकुमार घिमिरेलाई सिफारिस गरिसकेको छ । घिमिरेसहित अन्य प्रस्तावित राजदूतहरु संसदीय सुनुवाइका क्रममा छन् ।
नेपालले सन् १९३४ मा लण्डनमा आफ्नो मिसन स्थापना गरेको थियो जुन विदेशमा स्थापना भएको पहिलो नेपाली कूटनीतिक नियोग थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५