बीसीसी गुम्बामा बेलायतभरका लामा गुरुहरुको सम्मान


लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बेलायतमा रहेका धर्म गुरुहरुको स्वागत गरेको छ ।
बौद्ध परम्परामा अत्यन्त महत्वपूर्ण मानिने वर्षवासको अवसरमा बेलायतका विभिन्न बौद्ध गुम्बामा सेवारत तथा हाल बेलायत भ्रमणमा रहेका रिन्पोछे, खेन्पो, लोपेनलगायत लामा गुरुहरुलाई शनिबार ३१ अगष्टका दिन अल्डरसटस्थित बीसीसी गुम्बामा स्वागत तथा सम्मान गरिएको हो ।
कार्यक्रममा निमा लुङ्गरिक रिन्पोछे, खेन्पो बाग्रिन्द्र शिला, खेन्पो सेनाङ्ग ग्याम्जो, खेन्पो सन्तोष गुरुङ, खेन्पो नरेश गुरुङ, खेन्पो दावा तेन्जिन, लामा रक्षे गुरुङ, लामा काजी गुरुङ, लामा देवीरास गुरुङ र लामा गमबहादुर गुरुङको सहभागिता थियो ।
उनीहरुलाई बीसीसी यूके अध्यक्ष हर्क बहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङलगायत कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, सल्लाहकारहरु, आमाहरु साथै भक्तजनले खादा लगाई दिएका थिए ।
उक्त स्वागत कार्यक्रममा लामा लुङ्गरिक रिन्पोछेको अग्रसरतामा ग्रह शान्ति र आयू पूजा गरिएको थियो ।
त्यस्तै, खेन्पो बाग्रिन्द्र शिलाले बोधीसत्वको अभ्यास विषयमा प्रवचन दिए । खेन्पो सेनाङ्ग ग्याम्जोले संघ दान तथा वर्षवासको विषयमा प्रवचन दिएका थिए ।
सो अवसरमा बीसीसी यूकेका अध्यक्ष हर्क बहादुर गुरुङले बीसीसी यूके स्थापना र यसले दिंदै आएका विभिन्न सेवाबारे जानकारी गराउँदै गुरुहरुलाई स्वागत गरेका थिए ।
बीसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक आङ्गदावा शेर्पाको संयोजकत्वमा भएको उक्त कार्यक्रममा बीसीसी यूके संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, संस्थापक आमा प्रमुख, पूर्व आमा प्रमुखहरु, प्रमुख सल्लाहकार तथा सल्लाहकारहरु, कार्यसमिति, आमा समितिलगायत भक्तजनहरुको उल्लेखनीय उपस्थिति थियो ।
बीसीसी यूके अध्यक्षको अध्यक्षता र महासचिव मेजर हितमान गुरुङको सञ्चालनमा सम्पन्न कार्यक्रमको अन्त्यमा बीसीसी यूकेले गुरुहरुलाई संघ दान र भक्तजनहरुले दर्शन गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५