मंगलबार, असोज १, २०८१
20:14 | ००:५९

पारालिम्पिकमा ऐतिहासिक कांस्य पदक दिलाउने पलेशालाई प्रधानमन्त्रीले दिए बधाई

रासस अगस्ट ३१, २०२४

काठमाडौँ, भदौ १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउने पलेशा गोवर्धनलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जालबाट गोवर्धनलाई बधाई दिएका हुन् ।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गए राती सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजी मुनिको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य जितेकी थिइन् । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू