मंगलबार, असोज १, २०८१
20:11 | ००:५६

साफ यु–२० फुटबलको उपाधिलाई नेपाल बंगलादेशसंग भिड्ने

नेपाली लिङ्क अगस्ट २६, २०२४

फाइल तस्विर

काठमाडौँ- दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल बंगलादेशसंग भिड्ने भएको छ ।

साबिक विजेता भारतलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेपछि फाइनलमा नेपालसंगको भिडन्त तय भएको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि सोझै टाइब्रेकरमा पुगेको खेलमा बंगलादेशले बाजी मारेको हो ।

टाइब्रेकरमा भारतको पहिलो प्रहार बंगलादेशका गोलरक्षकले विफल पारेका थिए । भारत अघिल्ला तीन संस्करणको विजेता टोली हो ।

यसअघि आइतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानलाई टाइब्रेकरमै ४–१ गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।
नेपाल र बंगलादेशबीचको फाइनल खेल बुधबार दशरथ रंगशालामा हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू