सातौं नेपालकप क्रिकेटको फाइनल २६ अगष्टमा



तस्विरमा जुन अन्तिम साता सातौं नेपालकप क्रिकेट उद्घाटन कार्यक्रम
लन्डन– पीपल नेपालकप क्रिकेट प्रतियोगिताको सातौं संस्करणको फाइनल खेल यही अगष्ट २६ मा आयोजना हुने भएको छ ।
यसअघि पूर्व निर्धारित गत ७ जुलाईमा वर्षाका कारण अवरुद्ध भएका फाइनल तथा सेमीफाइनल खेल आगामी सोमबार बैंक होलिडेका दिन सञ्चालन गरिने भएको हो ।
रेडिङको सोनिङ लेनस्थित रेडिङ क्रिकेट क्लब एण्ड हक्की क्लबको मैदानमा खेलहरु सञ्चालन हुने आयोजक पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङले जानकारी दिए।
प्रतियोगिताको दुई सेमीफाइनल हिमालयन क्लब र खुकुरी क्लब तथा माया क्लब र नवयुवा क्लबबीच हुंदैछ । दुवै सेमीफाइनलका विजेताबीचको फाइनलमा विजयी टोलीले उपाधि हासिल गर्नेछ ।
विजेता टीमले उपाधिसंगै १५ सय पाउण्ड नगद र ट्रफी तथा उपविजेता टीमले ८ सय पाउण्ड नगद पुरस्कार प्राप्त गर्नेछ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई म्यान अफ द सिरिजका रुपमा २ सय पाउण्ड नगद र ट्रफी प्रदान गरिनेछ । सर्वाधिक रन तथा सर्वाधिक विकेट हासिल गर्ने दुवै खेलाडीलाई पनि १ सय ५० पाउण्ड नगद र ट्रफीसहित पुरस्कृत गरिनेछ।
बेलायतस्थित नेपाली क्रिकेटरका जम्मा ९ टोली सहभागी प्रतियोगिताका समूह चरणका सुरुआती खेल गत जुन अन्तिम तथा जुलाई पहिलो साता सम्पन्न भएका थिए ।
नेपालकप क्रिकेटका खेलहरु आइसीसीबाट मान्यताप्राप्त रेफ्रीहरुबाट सञ्चालन गराइएका छन्।
सातौं पीपल नेपालकप क्रिकेटको इभेन्ट संयोजक आयोजक मञ्चका उपाध्यक्ष पवित्र गुरुङ छन् भने क्रिकेट संयोजक मञ्चका स्पोर्टस कोअर्डिनेटर प्रकाश गुरुङ हुन् । प्रतियोगिताको टाइटल स्पोन्सर पीपल मोर्गेजेज छ ।
आयोजक पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङले बेलायतवासी सबै खेलप्रेमी नेपालीलाई प्रतियोगिताको फाइनल खेलहरु हेर्न आमन्त्रण गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५