अमेरिकामा बेपत्ता ममताका श्रीमान पक्राउ, शव लुकाएको अभियोग


अमेरिका-अमेरिकाको भर्जिनियाबाट बेपत्ता नेपाली नर्स ममता काफ्ले भट्टका श्रीमान् नरेश भट्टलाई प्रहरीले पक्राउ गरेको छ।
भर्जिनियाको मनासस पार्क प्रहरीले रातभर घर खानतलासी गरेपछि बिहीबार बिहान ममताका श्रीमानलाई पक्राउ गरेको हो ।
अधिकारीहरूले भट्टलाई बिहान १०ः४५ बजेतिर हत्कडी लगाएर घरबाट बाहिर निकालेका थिए ।
प्रहरीले उनलाई शव लुकाएको अभियोगमा पक्राउ गरिएको जनाएको छ। उनलाई शुक्रबार अदालतमा पेश गरिने भएको छ । उनलाई विना धरौटी हिराशतमा राखिएको छ ।
ममताकी एक बर्षकी छोरीलाई डिपार्टमेन्ट अफ सोसल सर्भिसको हेरचाहमा राखिएको छ । बच्चा सुरक्षित भएको र डिपार्टमेन्ट अफ सोसल सर्भिस तथा प्रहरीद्वारा अनुमोदित उपयुक्त हेरचाहकर्ताद्वारा हेरचाह गरिएको प्रहरीको भनाई छ ।
मनाससबाट जुलाई ३१ देखि बेपत्ता ममता काफ्लेको बारेमा बुझ्न अगस्ट २ मा प्रहरी अधिकारीहरू उनका घरमा पुगेर उनका श्रीमान नरेश भट्टसँग कुरा गरेका थिए । तर भट्टले त्यतिबेला उनी हराएको रूपमा रिपोर्ट गर्न चाहेका थिएनन् ।
अगस्ट ५ मा मात्र उनले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएका थिए ।

फाइल तस्विर: छोरीका साथ ममता
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५