बेलायतमा स्वामी रामदेवलाई स्वागत
लन्डन – बेलायत भ्रमणमा आएका योगऋषि स्वामी रामदेवलाई हाम्रो स्वाभिमान ट्रष्ट युके परिवारले स्वागत गरेको छ।
सोमबार लन्डनमा स्वामी रामदेवसंगको भेटमा हाम्रो स्वाभिमान ट्रष्ट युकेका सल्लाहकार कुल आचार्यले स्वामीजीलाई नेपाली टोपी लगाइ दिएका थिए ।
उक्त अवसरमा भारतको हरिद्वारस्थित पतंजली योग पीठ ट्रष्टका संस्थापक स्वामी रामदेवले बेलायतमा बसोबास गरिरहेका नेपाली समुदायको बारेमा जिज्ञासा राखेका थिए।
नेपालीमा कुराकानी गर्दै उनले संसारभरि रहेका नेपालीहरुलाई सांस्कृतिक रुपले जोड्न आवश्यक रहेको बताए।
“संसार भरि जहाँ गए पनि योगगुरु स्वामी रामदेवले नेपालीहरुलाई अगाध माया गर्नु हुन्छ। यसपटक पनि आफ्नो व्यस्त समय तालिकाका बावजुद उहाँले हामीलाई समय दिनु भयो। जनै पूर्णिमाको पवित्र दिनमा उहाँसंग भेटेर समसामयिक विषयमा छलफल गर्ने अवसर मिल्यो,” आचार्यले भने।
सन् २००९ मा स्वामी रामदेवको बेलायत भ्रमणका क्रममा बृहत् योग शिविर आयोजना गर्न आफुले पनि सक्दो सहयोग गरेको उनले स्मरण गरे।
भेटघाटमा हाम्रो स्वाभिमान ट्रष्ट युकेकी सल्लाहकार सुनिता पोद्दार, हाम्रो स्वाभिमान ट्रष्ट युकेका महासचिव अर्जुन कटुवाल, समाजसेवी बिष्णु भण्डारी, पशुपति भण्डारी, दधि आचार्य, सोहन सापकोटा लगायतको उपस्थिति थियो ।
बेलायतमा रहेका नेपालीहरुलाई सांस्कृतिक रुपले जोड्ने मूल उद्देश्य सहित आचार्य बालकृष्णजी महाराजको उपस्थितिमा गत वर्ष हाम्रो स्वाभिमान ट्रष्ट युके स्थापना गरिएको थियो।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५