आइतबार, पुष ७, २०८१
02:29 | ०८:१४

नेपालले आइसिसी यू-१९ पुरुष विश्वकप छनोट खेल गर्दै

रासस अगस्ट १७, २०२४

काठमाडौँ, भदौ १ गते । नेपालले आइसिसी यू-१९ (१९ वर्षमुनि) विश्वकप क्रिकेट एसिया छनोट-२०२५ आयोजना गर्ने भएको छ । आगामी एप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिता आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट सङघ (क्यान) ले जनाएको छ ।

क्यानका अनुसार छनोट प्रतियोगितामा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् । छनोट खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने आइसिसी यू-१९ पुरुष विश्वकपमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू