निरन्तर सुधारको बाटोमा बेलायती अर्थतन्त्र



फाइल तस्विर
लन्डन- आर्थिक मन्दीबाट बाहिरिंदै गरेको बेलायती अर्थतन्त्रमा निरन्तर सुधार हुंदै गएको छ ।
पछिल्लो तथ्यांकले गत अप्रिलदेखि जुन महिनासम्मको त्रैमासिक अवधिमा बेलायतले शून्य दशमलव ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको देखाएको छ ।
गत त्रैमासिक अवधिमा बेलायती अर्थतन्त्रमा पूर्वानुमान गरिएकै हिसाबले आर्थिक वृद्धि भएको हो । त्यसभन्दा अघिल्लो तीन महिनामा आर्थिक वृद्धि शून्य दशमलव ७ प्रतिशत भएको थियो ।
पछिल्लो तीन महिनामा हासिल भएको आर्थिक वृद्धिमा सेवा क्षेत्रले महत्वपूर्ण योगदान गरेको जनाइएको छ । खास गरी आइटी उद्योग, कानूनी सेवा र वैज्ञानिक अनुसन्धानहरुको क्षेत्रमा उल्लेख्य आर्थिक वृद्धि हासिल भएको हो ।
यसअघि संकटग्रस्त बनेको बेलायती अर्थतन्त्र गत वर्ष आर्थिक मन्दीकै अवस्थामा पुगेको थियो ।
हालै सम्पन्न बेलायती आम निर्वाचनमा बहुमत प्राप्त गर्दै सत्तामा पुगेको लेबर पार्टी र प्रधानमन्त्री केयर स्टार्मरको काँधमाथि पनि अहिले पेचिलो आर्थिक सुधारको ‘म्यान्डेट’ छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५