बुधबार, भदौ २६, २०८१
12:27 | १७:१२

बीसीसी यूकेको ३ दिने समर क्याम्पमा रमाए ३७ नेपाली बालबालिका

नेपाली लिङ्क अगस्ट १५, २०२४


लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) को ३ दिने चौंथो चिल्ड्रेन समर क्याम्प सम्पन्न भएको छ । गत १२ अगष्ट सोमबारदेखि संचालन भएको ३ दिने समर क्याम्प बुधबार समापन भएको हो ।

बेलायतमा रहेका नेपाली बालबालिकाहरुलाई बुद्धिजम, मेडिटेशन, योगा, दैनिक पूजापाठ लगायत विषयमा जानकारी गराउने उद्देश्यका साथ समर क्याम्प गरिएको हो ।

विभिन्न उमेर समूहका ३७ बालबालिका सहभागी चिल्ड्रेन समर क्याम्पमा विभिन्न खेल खेलाइको थियो । त्यस्तै, यसपटक मनोरन्जनका लागि गुम्बा बाहिर स्थानीय विद्यालयमा गराइएको सुटिङ खेलमा बालबालिकाहरु रमाए ।

उक्त सुटिङ, खेल तथा कुइज प्रतियोगिताका सहभागीमध्ये उत्कृष्ट बालबालिका तथा समूहलाई पुरस्कार प्रदान गरियो । 

विशेषगरी नेपाली बालबालिकाहरुको सहभागिता रहेको सो क्याम्पमा गुम्बाका धर्म गुरु खेन्पो सेनाङ र लोपेन नर्बुले विभिन्न विषयमा प्रवचन तथा मेडिटेशन, आमा उपप्रमुख शारदा गुरुङले योगा अभ्यास गराएका थिए । 

त्यस्तै, संयोजक खुशीमान गुरुङले विभिन्न खेल खेलाउनुका साथसाथै कुइज प्रतिस्पर्धा संचालन र भिडियो सामाग्री प्रस्तुत गरेका थिए । 

उक्त क्याम्पका लागि बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पाले सहभागी बालबालिकाहरुलाई चक्लेट तथा आइसक्रिम, अध्यक्ष हर्कबहादुर गुरुङले खानेपानी र उपाध्यक्ष क्याप्टेन देव घले तथा आमा सचिव तुल्सी घलेले पुरस्कार र चकलेट प्रायोजन गरेका थिए ।

क्याम्प सहयोगार्थ सहभागी बालबालिकाका अभिभावकहरुले ५८१ पाउण्ड सहयोग गरेका थिए । 

बीसीसी यूकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङको संयोजकत्वमा भएको क्याम्पमा बीसीसी यूके अध्यक्ष हर्क बहादुर गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, उपाध्यक्ष आङ्गदावा शेर्पा, उपाध्यक्ष क्याप्टेन देब घले, उपाध्यक्ष रोबिन गुरुङ, आमा प्रमुख जगना गुरुङ, पूर्व आमा प्रमुख पुष्पा गुरुङ, निवर्तमान आमा प्रमुख उर्मिला गुरुङ, आमा उपप्रमुख शारदा गुरुङ, आमा सचिव तुल्सी घले, सल्लाहकार जंगबहादुर गुरुङलगायत स्वंयसेवकहरुको उपस्थिति थियो ।

क्याम्पको अन्त्यमा सहभागी बालबालिकालाई गुम्बाका प्रमुख लामा खेन्पो सेनाङले प्रमाणपत्र तथा पुरस्कार र लोपेन नोर्बुले खादा लगाई बधाई तथा शुभकामना दिएका थिए ।

सो अवसरमा संयोजक एवं प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङले सबै सहभागी बालबालिका, अभिभावक र गुम्बा कर्मचारीलाई धन्यवाद दिए । 

स्मरण रहोस्, बीसीसी यूकेले गत ४ वर्ष देखि समर क्याम्प गर्दै आएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू