सोमबार, पुष ८, २०८१
17:36 | २३:२१

प्रतिनिधि सभामा भदौ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर

रासस अगस्ट १४, २०२४


काठमाडौँ, साउन ३० गते । प्रतिनिधि सभाको आगामी भदौ ६ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रमका लागि आगामी भदौ २ गते अपराह्न २ बजेभित्र प्रतिनिधि सभा सचिवसमक्ष आफ्नो प्रश्न लिखितरुपमा दिन आग्रह गर्नुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक आगामी भदौ ६ गते अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू